गर्भवती महिलालाई आफ्नै श्रीमान्ले आफ्ना २ जना साथीसँग मिलेर…

35

एक गर्भवती महिलालाई आफ्नै श्रीमान्ले आफ्ना २ जना साथीसँग मिलेर सामूहिक बलात्कार गरी हत्या गर्दा मृतक युवतीकी आमाले मतलब नै नगरेको घटनाले निकै चर्चा पाएको थियो । घटनाका ३ जना आरोपीमध्ये २ जना पक्राउ परेका छन् । एक जना भने अझै फरार छन् ।५ जुलाइ २०१७ का दिन भारतको उत्तर प्रदेश प्रहरीले खेतमा एक युवतीको लाश भेटेको थियो । पोष्टमार्टममा ती युवती गर्भवती भएको खुलेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा ती युवती हिना तलरेजा भएको खुल्यो । अनुसन्धानमा यी युवतीले आफ्ना श्रीमानलाई लगातार ब्ल्याकमेल गरेपछि हैरान भएका श्रीमानले उनको हत्या गरेको पत्ता लाग्यो । उनका पति अदनान खानले २ जना साथीहरुसँग मिलेर उनलाई सामूहिक बलात्कार गरी मारेर खेतमा फलिदिएका थिए । हत्यापछि तीनैजना मुम्बइ भागेकोमा २ जना ४ महिनापछि पक्राउ परे, एक जना अझै फरार छन् ।

यसरी भएको थियो घटनामीरपुर निवासी हिना तलरेजा एक हुक्का बारमा काम गर्थिन् । त्यहाँकी संचालिकाले प्रहरीलाई बताएअनुसार हिना आफूलाई पर्सनालिटी मेकर बताउँथिन् । उनको इलाहाबादमा रहेका कैयौं बारहरुमा निरन्तर आवतजावत थियो । उनलाई रक्सीको लत लागिसकेको थियो र रक्सी पिउन कसैले बोलाएमा उनी जुनसुकै समय जहाँ पनि जान तयार हुन्थिन् । हिनाका साथीहरुमा सहरका कैयौं धनाढ्यहरु थिए ।२०१५ मा हिनाको भेट इलाहाबादको शाहगंजका अदनान खानसँग भयो । दुवैको सम्बन्ध गहिरो मित्रता हुँदै प्रेममा परिणत भयो । दुवैले बिहे गर्ने निर्णय गरे । विवाहको लागि हिनाले आफ्नो धर्म परिवर्तन गरेर मुस्लिम बनिन् । यही कारण हिनाकी आमा निलिमा छोरीसँग टाढा रहन थालिन् ।यो बिहेबाट अदनानका परिवार पनि खुसी थिएनन् । उनीहरुले अदनानलाई पनि दोस्रो विवाह गर्न दबाब दिए । परिवारको दबाबको अगाडि अदनान झुके र उनले दोस्रो बिहे गरे । हिनाले दोस्रो बिहेबारे थाहा पाएपछि उनी निकै रिसाइन् । उनले अदनानविरुद्ध कोहना प्रहरी चौकीमा निवेदन दिएकी थिइन् । यसपछि अदनानले उनीसँग माफी पनि मागेका थिए । अदनानले दोस्रो बिहे गरेपछि यी दुईको सम्बन्ध बिग्रिन थाल्यो । अदनानका अनुसार हिना उनलाई जेल पठाउने धम्की दिँदै ब्ल्याकमेल गर्थिन् ।४ जुलाइ २०१७ का दिन अदनानले हिनालाई एक होटलमा बोलाए । अदनान आफ्ना साथीहरु बिक्की र खालिदसँग हिनालाई भेट्न गए । होटलबाट अदनान हिनालाई लिएर हाइवेमा निस्किए । त्यहाँ सुनसान ठाउँमा गाडी राखेर उनले साथीहरुसँग मिलेर हिनालाई सामूहिक बलात्कार गरे ।

त्यसपछि उनको टाउकोमा गोली प्रहार गरे । हिनाको बच्ने सम्भावना बाँकी नराख्न उनले चक्कुले गोलीको घाउ अझै ठूलो पारे । हत्यापछि अदनानले हिनाको पर्स र मोवाइल लिएर साथहिरुसँगै त्यहाँबाट मुम्बइ भागे ।भोलिपल्ट प्रहरीले शव भेटेपछि प्रहरीले अनुसन्धान थाल्यो । ९ जुलाइसम्म शवको पहिचान नखुलेपछि शवको पोष्टमार्टम गरियो । पोष्टमार्टममा उनी गर्भवती रहेको र उनीसँग सामूहिक बलात्कार भएको पुष्टि भयो । १० जुलाइका दिन प्रहरीले शवको अन्तिम संस्कार गरिदियो । १२ जुलाइका दिन सामाजिक संजालबाट उनको पहिचान खुल्यो । प्रहरीले १४ जुलाइका दिन उनकी आमा निलिमा तलरेजालाई भेट्यो ।प्रहरीका अनुसार आमा निलिमाले छोरीसँग आफ्नो कुनै मतलब नभएको बताएकी छिन् ।प्रहरीका अनुसार निलिमाले प्रहरीसँग भनेकी थिइन् ‘ऊ मर्नुभन्दा पहिले पनि मसँग झुट बोलेर गएकी थिइ । मैले कुनै उजुरी दिएकी पनि छैन । प्रहरीले आफैं वादी बनेर मुद्दा अगाडि बढाएका छन् । मलाई यस बारेमा कुनै कुरा गर्नु छैन । यसले मरिसकेर पनि मलाई दुःख दिइरहेकी छ ।’ – एजेन्सी/डिसीनेपाल

कमेन्ट गर्नुहोस्
You might also like