मेसीका फ्यानले मेसीबारे थाहा पाउनै पर्ने यी १० कुराहरु

12

मेस्सी फुटबल को दुनियाँ भन्दा बाहिर पनि सामाजिक कार्य म सग्लङ्ग हुन उत्तिकै मन पराउछन । उनले गर्ने दान हरु प्राय जसो बालबालिका केन्द्रित हुन्छन शायद उनको बाल्यकाल को दु:खद कथा लाई प्रतिबिम्ब गर्न उनी बालबालिका केन्द्रित सामाजिक कार्य मा रुची राख्छन ,जब उनी ११ बर्ष को थिए उनको ग्रोथ हर्मोनको कमिका कारण उनलाई इन्जेक्सन लगाउन पर्थ्यो ।

जब उनले २००७ मा हस्पिटल मा मृत्युको को मुखमा पुगेका बिरामी बालबालिका भेटे त्यस्पछी उनले ” द लिओनेल मेस्सी फाउन्डेसन् ” खोले जसको एउटै उदेश्य थियो विश्वभरिका चिकित्सा अनुसन्धान केन्द्रहरुलाई आर्थिक सहयोग गर्नु थियो। उनले गरेका सामाजिक कार्य त धेरै नै छन तर यि १० सामाजिक कार्य साच्चिनै अबीस्मरणिय छन ।

१. हाइटी को भ्रमण्
जब भुकम्प ले केन्द्रिय अमेरिकन मुलुक हाइटी लाई धोस्त पार्यो। आफ्नो ब्यस्त समयतालिकाका बाबजुद पनि उनी तेही जाँदा आस्थायी क्याम्प मा बसिरहेका सबै भाबुक भएका थिए ।

२. रोजारियो को बालबालिका को अस्पताल मर्मत गर्न आर्थिक सहयोग
युनिसेफ का गूड्विल यम्बासेडर मेस्सिले उक्त हस्पिटल को मर्मत गर्नको लागि ६७०००० युरो सहयोग गरेका थिए। उनले उक्त हस्पिटल का कर्मचारीहरुलाई हरुलाई तालिम दिन बार्सिलोनाबाट दक्ष डाक्टर हरु समेत लगेका थिए।

३. १२ बर्षको बच्चाको ६ बर्षको औषधी खर्च
मेस्सिले बच्चामा छदा आफुले भोगेको समस्या भोगिरहेका एक फूटबल खेलाडी को ६ बर्ष सम्मको औषधी खर्च बेहोरेका थिए।

४. असक्ष्यम बालबालिका सँगको प्रेणादायिक भेट
२०१३ मा मेस्सिले थाइल्यान्ड का असक्ष्यम बालबालिका सँग भेटेर उनिहरुलाई प्रेरणा दिन उनिहरुसङै फुट्बल खेलेर समय बिताएका थिए।

५. बालबालिका हरुको लागि उदाउदो सुर्य
मेस्सि दान गर्न कहिलै पनि पछी परेनन , उनले युनिसेफ बाट ३५०००० युरो द सन फर चिल्ड्रेन नामक संगठन लाई सहयोग गरेका थिए , उनले दिएको चेक अर्जेन्टिनी कलाकार निको भास्क्वेज ले प्रतुस्त गरेका थिए।

६ . मुर्ताजा अह्मेद को सपनालाई मुर्त रुप दिय
६ बर्षका अफ्गानी बालक पलास्टिक जर्सी को फोटो मा भाईरल भएका थिए , जस्लाई मेस्सिले आँफैले साइग्न गरेको जर्सी पठाइदिएका थिए।

७ . वान इन इलाभिन अभियान
टेनिस कि सुपरस्टार सेरेना विलीयम सँङै ५८ मिलियन पढ्नबाट बन्चित बालबालिका हरुलाई सहयोग गर्ने अभियान मा लागेका थिए ।

८. सिरियामा बाल्बालिका को लागि कक्षाकोठाको ब्यबस्था
सिरियाको जनयुध्ह ले बिस्थापित भएका १६०० बाल्बालिका हरुको लागि कक्षाकोठाको ब्यबस्ठा गरेका थिए , आज उनकै कारण १६०० बाल्बालिकाहरुले पढ्न पाइरहेका छन ।

९. विवाहमा पाएको उपहार बाट उठेको रकम दान
उनले आफ्नो विवाहमा कुनै पनि उपहार को सट्टामा आफ्नो फाऔन्डेसन् लाई सहयोग गर्ने आग्रह गरेका थिए ।

१०. अर्जेन्टिनी पत्रीका “ला राजोन “ले दिएय्को सबै रकम दान
अर्जेन्टिनी पत्रीका ला राजोनाले उनि माथि २०१४ को वर्ल्ड कप फाइनल मा ड्रग्स प्रयोग गरेको आरोप लगाएको थियो , उनी माथि झुटो आरोप लगाएको प्रमाणित भएपछी उनले क्षतिपुर्ति बापत पाएको ७२७८३ युरो डक्टर्स विथआऊट बोर्डर्स नामक संस्था लाई दान गर्दिय ।

यसरी हेर्दा गोल्डेन हर्ट भएका मेस्सि केबल फुटबल को दुनियाँमा मात्रा नभयी उनी फुटबल भन्दा बाहिरको दुनियाँको पनि हिरो हुन। उनी हर् कसैको लागि प्रेरणा को स्रोत हुन।

कमेन्ट गर्नुहोस्
You might also like