स्व. निर्मला पन्तको पारिवारमा पिडा नै पिडा, श्रीमानबाट कुटिईन् दुर्गादेवी….

42

कञ्चनपुर । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्किएको छ ।

आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् ।

छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलाइ दिएकी थिइन् ।

डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको विषयमा असन्तु्ष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथी दूव्र्यवहार गरेको दुर्गादेवि पन्तले बताइन् ।
विवादका क्रममा श्रीमानले आफूमाथी हातपात गरेको उनको भनाई छ ।

छोरीको बलात्कार पछि हत्या भएको ६ महिना वितिसक्दा समेत न्याय नपाएको भन्दै दुर्गादेवीले राहत रकम बुझ्ने निर्णय गरको रगतको नमूना दिएपछि सोही विषयलाई लिएर घरमा विवाद भएको छिमेकीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
You might also like