छोटो समयमै धन आर्जन गर्नका लागी अपनाउनुहोस यस्तो चामलसहितको तान्त्रिक उपाय

12

हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन् जसले तपाईंका सबै समस्या हटाउँछन् । कुनै पनि शुभ मुहूर्त वा पूर्णिमाको अवसरमा बिहान छिटो उठेर नुहाइधुवाइ गरेर बेसार वा केसरले चामलका दाना रंगाउनुस् । चामलको दाना सग्लो हुनुपर्छ । त्यसपछि ती दानालाई भगवानमा समर्पित गर्नुस् । मैले चढाएको दाना स्वीकारेर मेरा कष्टहरू दूर गर्नुस् भन्दै प्रार्थना गर्नुस् ।तपाईं जागिर खोज्दै हुनुहुन्छ वा तपाईंलाई अफिसमा कुनै समस्या छ भने चामलको खीर बनाएर कागहरूलाई खुवाउनुस् । केही दिनमै समस्या समाधान हुन्छ ।पैसा कमाउन नसकेर तनावमा हुनुहुन्छ भने आधा किलो चामल लिएर एकान्तमा शिवलिंगको अगाडि बस्नुस् ।

शिवलिंगको पूजा गरेर एक मुट्ठी लिंगमा चढाउनुस् र बाँकी चामल चाहिँ गरीबगुरुवालाई दान दिनुस् । पूर्णिमापछिको सोमवार यसो गर्नुस् । पाँच सोमवार यसो गर्नुभयो भने तपाईं पैसा कमाउन थाल्नुहुनेछ । पितृदोषका कारण हामीले अनेकथरी समस्या भोग्नुपर्ने हुन्छ । पितृदोष दूर गर्नका लागि चामलको खीर बनाएर कागलाई खुवाउनुस् । यसो गर्दा पितृहरूको आशिष लाग्छ र बन्द भएका सबै काम सुचारु हुन थाल्छन् । के तपाईं शनिबार जन्मिनुभएको हो ? हो भने यो अवश्य पढ्नुस्थुप्रै मानिसको विश्वास छ कि, जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।

यसका साथसाथै, दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ ।त्यसकारण त आजकालका मानिस आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिको निम्नलिखित गुण बताएकी छन् :

कमेन्ट गर्नुहोस्
You might also like