भारतीय अभिनेता ऋतिक रोशन ४५ वर्षका पुगे, पूर्वपत्नीले ‘सोलमेट’ भन्दै शुभकामना दिएपछि भयो चर्चा

15

काठमाडौं । २०१८ का संसारकै सर्वाधिक सुन्दर अभिनेताहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल बलिउड अभिनेता ऋतिक रोशनको आज ४५औं जन्मदिन हो । उनको जन्मदिनको अवसरमा सामाजिक संजालहरुमा बलिउडकर्मी तथा उनका प्रशंसकहरुले शुभकामना दिइरहेका छन् । यसैबीच ऋतिक रोेशनकी पूर्व पत्नी सुज्यान खानले पनि ऋतिकलाई जन्म दिनको शुभकामना दिएकी छिन् । विवाह गरेको १४ वर्षपछि ऋतिककी पत्नीले सन् २०१४ मा ऋतिकलाई डिभोर्स दिइकी थिइन् ।

अहिले तिनै सुज्यान खानले ऋतिकलाई सोलमेट भन्दै जन्मदिनको शुभकामना दिएपछि यी दुवैबीचको सम्बन्धको फेरि चर्चा भइरहेको छ ।ऋतिककी पूर्वपत्नी सुज्यानले ऋतिकलाई सोलमेट भन्दै उनको इन्स्टाग्राम अकाउन्टमा ऋतिकसँगका तस्बिरसहित लेखेकी छिन्, ‘संसारभरिकै मेरो मिल्ने साथीलाई जन्मदिनको शुभकामना ।’

सुज्यानले ऋतिकलाई आफ्नो मिल्ने साथी र आफ्ना २ छोराको लागि संसारकै उत्तम पिता रहेको पनि लेखेकी छिन् । सन २००० मा विवाह गरेका ऋतिक र सुज्यानले २०१४ मा सम्बन्ध बिच्छेद गरे पनि पछिल्लो केही वर्षदेखि फेरि यो जोडी नजिकिएको छ । ऋतिक र सुज्यान धेरै पटक आफ्ना २ छोराहरुसँग विभिन्न ठाउँमा घुम्न जाने त कहिले सुज्यान र ऋतिक एकसाथ डिनर डेटमा जाने गर्छन् ।

केही दिनअघि सार्वजनिक खबरहरुमा यो जोडीले फेरि एकअर्कासँग विवाह गर्न सक्ने पनि बताइएको थियो । ऋतिक र सुज्यान खानबीचको सम्बन्ध विच्छेदको कारण अभिनेता अर्जुन रामपाललाई बताइएको थियो । सुज्यान खान ऋतिककै मिल्ने साथी अर्जुन रामपालको प्रेममा परे पछि ऋतिकसँग सम्बन्ध विच्छेद गरेको पनि खबर सार्वजनिक भएका थिए ।

कमेन्ट गर्नुहोस्
You might also like