शुक्रबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले शुख,शान्ति संबृद्धी एव् मनोकामना पुरा हुने

23

शुक्रबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुने, शुक्रबार जन्मेकाले हेर्नै पर्ने ज्ञानमुलक टिप्स

हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ ।

यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन । जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस । माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन ।

यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मीको पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः
आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि।
यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।।
सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र(पौत्र प्रदायिनि।
पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।।
विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि।
विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ। ।

शुक्रबारको दिनमा जन्मेका व्यक्तिको स्वभाव

१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।

२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।

३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।

५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।

६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।

७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।

१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।

११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।

१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ

यो पनि पढ्नुहोस !

कुन बार कुन भगवानको पुजा आजा गर्नाले मनोकाङ्छ्या पुरा हुनुको साथै आटेको पुग्छ ? जानकारी लिनुहोस

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः

१. आइतबार
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

२. सोमबार
सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

३. मङ्गलबार
मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

४. बुधबार
‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

५. विहिबार
विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।

६. शुक्रबार
शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

७. शनिबार
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

कमेन्ट गर्नुहोस्
You might also like