अष्ट्रेलियामा अर्का नेपाली युवाको मृत्यु, घर फर्किने क्रममा दुर्घटना

46

अष्ट्रेलिया । सडक दुर्घटनामा परी चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बसोबास गर्दै आएका सुजन दाहालको मृत्यु भएको छ । विगत ५ वर्षभन्दा बढीदेखि उनी अष्ट्रेलियामा बस्दै आइरहेका छन् ।

अष्ट्रेलियामा उनी स्थानीय डोमिनोज पिज्जा सेन्टरमा बिगत चार वर्षदेखि काम गर्दै आइरहेका थिए । उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम थालेका थिए । उनी डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

प्रिन्सेस हाईवेमा रोकिराखेको लामो मालवाहक ट्रकमा उनको कार ठोक्किन पुगेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक भने घाइते भएका छन् ।

न्यूसाउथवेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘ घटना बिहीबार अपरान्ह ५ः३० बजे भएको थियो ।’ दुर्घटनाका कारण सडक केही समय अवरुद्ध पनि भएको थियो । एनआरएन ओसेनिया क्षेत्रीय संयोजक एवं ओलंगोगका बासिन्दा धर्मराज अधिकारीले सुजन मिलनसार, सबैलाई सहयोग गर्ने व्यक्ति भएको बताएका छन् ।

अधिकारीका अनुसार उनीले स्टोरमा करिब चार वर्ष काम गरेको थिए, एक मिलनसार नेपाली युवालाई गुमाउनु पर्दा निकै दुःख लागेको छ ।

कमेन्ट गर्नुहोस्
You might also like