सात समुद्र पारीबाट रुपालाई परदेशी दाईको मार्मिक पत्र : कसको मन नरोला र ? पढेर शेयर गर्न नभुल्नुहोला

49

प्रिय रुपा बहिनी, सात समुन्द्रपारीबाट सम्झना !

अहिले जताततै सामाजिक संजाल र युट्यव च्यानलहरुमा तिमी दुईको प्रेम प्रसङ्ग निकै चर्चामा आएको छ । तिम्रो जिवनसाथी कृष्णलाई तिमिले दिएको मायाको खुबै तारिफ भइरहेको छ । जिवनसाथी शब्द मलाई पनि अत्यन्तै प्रिय लाग्छ । जिवनभरी साथ दिने साथीलाई नै जिवनसाथी भनिदैन र ? के तिमी जिवनभरी आफ्नो कृष्णलाई साथ दिनेछौ ?

अहिले त बजारमा प्रेम पनि बिक्री हुन्छ । कत्रो उपहास छ है प्रेमको ? पछिल्लो कालमा युवायुवतीहरुवाट भ्यालेन्टाइन डेलाई प्रेम दिवसको रुपमा मनाइन्छ । तिमी आफ्नो कृष्णलाई भ्यालेन्टाइन डेको दिन मात्रै होइन, हरेक दिनलाई भ्यालेन्टाइन बनाउनु पर्छ । मनमा माया भएपछि हरेक दिनलाई भ्यालेन्टाइन जस्तै बनाउन सकिन्छ ।

तिमिहरु मेरो छिमेकी हौ । पहिले हामी एकीकृत रुकुमबासी थियौं । नयाँ संरचनासंगै हामी पूर्ब र पश्चिममा बिभाजित भएका छौँ ।

बहिनि रुपा, ९ बर्ष पहिलेको एउटा कहानी सुनाउछु !

रुकुममा मैले सपांग र अपांगको प्रेम कहानी बोकेको एउटा जोडिलाई आजभन्दा ९ बर्ष पहिले खलंगाको पातुखोलामा भेटेको थिएँ । केटा गाडी दुर्घटनामा परेर अपांग भएका थिए, जसलाई स्याहार्न एकजना सपाङ्ग केटीले उनैसंग बिबाह गरे ।

मलाई बडो गर्व लाग्यो कि सपाङ्ग केटीले अपांग केटासँग के कारणले बिबाह गरिन ? उसले मलाई बडो मीठो शब्दमा जवाफ दिइन, ‘जिवनमा साथी चाहिने भनेको यतिखेरै त हो, सग्लो मान्छे त सजिलै जिउन सक्छ । म उसको जिवनको सारथि बन्न आएको हुँ । म उसलाई प्रेम गर्छु । जिवनभरी साथ दिने भनेरै बिबाह गरेको हुँ ।’

उनका सदभाब सहितका सुन्दर बिचारले भरिपूर्ण जवाफ सुनेर सलाम गरे । लागेको थियो, यो दुनियाँमा प्रेम पुज्ने मान्छेहरुको पनि कमि छैन।

तर विडम्बना, दोस्रो साल खलंगा पुग्दा भने बदलिएको समय संगै उनको प्रेमको दृश्य पनि फेरिएको थियो । अपांग केटाको साथमा सपांग केटी थिएन, उ केवल एक्लो थियो । अपांगको साथमा केवल बाँसको बैसाखी सहारा बनेको थियो ।

अनि मेरो मनभरी तुसारो पर्यो । हिजोको आदर्श शब्द बोल्ने ति महिला पातुखोलामा उरन्ठेउलो लाग्ने केही केटीहरुसंग होटल संचालन गरेर मदिरा बेचिरहेकी थिइन ।

मैले केटीसंग अपांग केटाको बारेमा जिज्ञासा राखे, तब जवाफमा उसले भन्यो, ‘मलाई थाहा छैन । उ कहाँ छ ?’ यो बडो असह्य जवाफ थियो । मैले हिजो उसका अभिव्यक्ति माथि सलाम ठोक्ने हातहरु त्यतिखेर निरिह भए ।

नदि तार्छु भनेर नाउ चलाउन आएको माझिले नदिको बिच धारमा यात्रुलाई अलपत्र छोडेर गइसकेको थियो । त्यतिबेला दुनियाँ मतलवी छ जस्तो लाग्थ्यो ।

प्रिय बहिनि रुपा…!

तिम्रो यो जोडी मुना मदनको भन्दा अथाह माया बोकेको प्रेमिल जोडीको रुपमा परिचित भएका छौ । यसलाई मलाइ निकै गर्व बनाएको छ । मलाई पुरा बिश्वास छ, तिमि कृष्णको सारथि बनिरहने छौ । सारथीको भुमिका पनि निर्णायक हुन्छ ।

कुरुक्षेत्रको युद्धमा सारथीको महत्वपूर्ण भुमिकाकै कारणले अर्जुनले युद्ध जितेका थिए भन्ने कुरालाई हमेशा याद राख्नु ।

१६३२ देखि १६५३ सम्म मुगल सम्राट शाहजहाँले आफ्नो श्रीमती मुमताज महलको यादमा ताज महल बनाएका थिए भने खड्ग शमशेर राणाले काली गण्डकीको किनारमा आफ्नो कान्छी रानीको नाममा रानी महल बनाए ।

यी सबै प्रेमका प्रतिकहरु थिए । भलै तिमी ताज महल र रानी महल बनाउन नसकौला तर तिम्रो मन ताज महल जस्तै विशाल बनेर संधै कृष्णको साथ रहने छ । जसवाट कृष्णलाई कहिलै नहटाउनु ।

मनको महलमा कमैलाई मात्रै स्थान दिइन्छ । यो कुनै भाडामा दिइने कोठा होइन, जसले बढी भाडा दियो उसैलाई बसालीहाल्ने । मन मनै हो, त्यसको आकार जति बढायो त्यति तन्किने हो ।

शाहजहाँले ७३ हेक्टरको क्षेत्रफलमा ताज महल बनाए । तिमी चाहिँ कृष्णको लागि यस्तो कृष्ण महलको निर्माण गर जसको क्षेत्रफल ज्यामितिको टुल्सहरुको माध्यमले कहिलै नाप्न नसकियोस्, तब तिमी प्रेमको आदरणीय बन्ने छौ । दुनियाँ तिम्रो साथमा रहिरहने छ ।

उही परदेशबाट कृष्ण र रुपाको प्रेमिल कथा नियाली रहेको परदेशी दाजु पृथीछक बुढामगर हाल युएई !

कमेन्ट गर्नुहोस्
You might also like