वक्षस्थल समातेको दृश्य फिल्ममा हाल्दै दर्शकलाई तान्दै ,हेर्नुस नेपाली फिल्मको प्रचार

95

नेपाली सिनेमामा केहि समय यता दर्शकहरुलाई हलसम्म डोराउन निर्माताले कथालाई भन्दा पनि अनेकन विषयलाई प्राथमिकतामा राखेर विभिन्न मार्केटिङ रणनिति प्रयोग गर्ने गरेका छन् ।

हालै नायक आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भुमिका रहेको चलचित्र ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएसँगै चलचित्रमा देखाइएको एक दृश्यप्रति समाजिक संजालमा विभिन्न टिकाटिप्पणी शुरु भएको छ । ट्रेलरमा नायक जोशीले नायीकाको वक्षस्थल समातेको दृश्य प्रष्टै देखाइएको छ । युवा वर्गलाई लक्षित गरि चलचित्रको प्रबद्र्धनकालागि यस्ता दृश्यहरु चलचित्रमा प्रयोग हुदैँ आएको छ ।

अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाह अमिनित चलचित्र२०७२ साल फाल्गुन २१ गते रिलिज भएको ‘ड्रिम्स’ मा पनि वक्षस्थल समातेको दृश्य राखिएको थियो । यस्ता दृश्यहरुले ट्रेल हेर्नेको संख्या त बढाउँछ तर फिल्मको विषयवस्तुले पश्चिमा चलचित्रको सिको गरेको कति नसुहाउने दर्शकहरुले प्रतिक्रिया दिदैँ आएका छन् । नेपाली चलचित्र विगत ३ वर्ष देखि निरन्तर हेर्दै आएका मनोज कार्कीले भने, ‘नराम्रा दृश्य राखेको देख्दा, पश्चिमा फिल्मको सिको गरेका रहेछन्, फिल्मपनि राम्रै होला लाग्छ । तर, फिल्म भने वाहियात हुनेगर्छ ।’ नराम्रा पाटोलाई मात्र प्राथमिकतामा राखेर चलचित्रको प्रबद्र्धन गर्न नेपाली निर्माताहरु लागिपरेको थुप्रै घट्नाहरु छन् । कुनै चलचित्रको मेरुदन्ड मानिन्छ कथा यानेकि कथावस्तुलाई । तर, कथावस्तु र स्क्रीप्ट नै झूर बनाउने र ट्रेलरमा युवापुस्ताकालागि नयाँ फ्लेवर भन्दै छाडा दृश्य हाल्ने प्रवृद्धि कतिपनि सुहाउदिलो छैन ।

नेपाली चलचित्रको कुरा गर्दा प्राविधिक पक्ष सुधार हुँदै गएको छ । तर स्क्रीप्टमा भने अझै पर्याप्त मिहिनेत गरिएको देखिदैन । बजारले थेग्न सक्नेभन्दा बढी सिनेमा बन्नु तथा दर्शकको चाहनाभन्दा पनि लहडले फिल्म बनाउने र छाडा दृश्यलाई प्राथमिकतामा राखेर कथावस्तुमा हराउँदा नेपाली सिनेमाको गुणस्तर खस्किएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like