अन्टार्टिका भन्दा अमेरिकामा चिसो, सिकागो शहरको तापक्रम माइनस ३० डिग्री

25

एजेन्सी । अमेरिकामा ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातले अत्यधिक चिसो हुँदा ७ जनाको ज्यान गएको छ । अमेरिकाको मध्यपश्चिमी भेगमा सबैभन्दा असर गरेका कारणले चिसोबाट लाखौं मानिस प्रभावित भएका छन् ।

Mt. Bachelor, OR on March 15th. photo: tapper

विस्कोन्सिन, मिसीगन र एलिनोइसका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र सिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको छ । उत्तरी डाकोडाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ ।

सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्टिका भन्दा पनि चिसो मापन गरिएको छ । उता चिसोको प्रभावले सिकागोमा लुटपाट बढेको बताइएको छ ।

त्यस्तै एट्लान्टा र जोर्जियामा एघार सय उडान अवरुद्ध भएकोे छ । विमानको सिसाबाट हिउँ हटाउन छरिने तरल पदार्थ ‘डी–आइसर’ समेत जमेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like