लगातार घट्दै गयो सुनचादीको मूल्य, के कति छ त आजको मुल्यदर

35

काठमाडौँ, फागुन १० । नेपाली बजारमा गत बुधबार यता सुनचाँदीको मुल्य लगातार घटीरहेको छ । आज शुक्रबार पनि सुनको मुल्य तोलामा एक्कासी ५ सय रुपैयाले घटेको छ । बिहिबार प्रतितोला ६३ हजार १ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा ६२ हजार ६ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार ३ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ७ सय ७५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like