पाकिस्तानी भूमीमा फेरी गर्यो भारतले हमलाः अन्तमा यस्ता डरलाग्दा मिसाईल आक्रमणको तयारीमा

33

पाकिस्तानी भूमीमा पुगेर आज फेरी भारतले शक्तिशाली विस्फोट गराएको छ । विस्फोटबाट ४ जनाको मृत्यु भएको के कति घाईते भए भन्ने एकिन भइनसकेको जनाइएको छ । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले हिँजोपछि शक्तिशाली बम विस्फोट गराएको थियो ।

त्यहाँ भारतले १ हजार किलोका बम खसालेको दावी गरेको छ । यो आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको थिए । यो आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।

आक्रमणमा केही घाइते भएका छन् । यद्यपी कतिको संख्यामा घाईते भए भन्ने एकिन हुन सकेको छैन । भारत र पाकिस्तानले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् । भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ ।

यस आक्रमणमा भारतका ४६ भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ । भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ ।

तपाईलाई जानकारी गराउँ उक्त आक्रमणमा ३५० जना आतंकवादीको हत्या भएको भारतको दावी छ । उसले मिडियामा नै भिडियो दिएर हंगामा गर्न खोजेको त्यहाँ चरो, किरोसमेत नमरेको पाकिस्तानको दावी छ ।

भारतले उस्तै परेमा आतंकवादीको अड्डा रहेको स्थान एकिन गरेर आफुले सफल परीक्षण गरेको मिसाईल अग्नी नै प्रहार गर्ने तयारी गरिरहेको बुझिएको छ । यदि यो मिसाईलले मार हानेमा पाकिस्तानको ठूलो भूमि र जनधनको क्षति हुनेछ । यस्तो अवस्थामा पाकिस्तानले समेत जवाफ दिनेछ । जसले घनघोर युद्ध हुनेछ ।

कमेन्ट गर्नुहोस्
You might also like