भारत पाकिस्तानको भिडन्तमा ४ भारतिय शैनिकको मृत्यु स्थिती तनाबग्रस्त

19

नयाँ दिल्ली । भारत प्रशासित जम्मु काश्मीरमा शुक्रबार फेरि भिडन्त भएको छ। सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी ३ सैनिक सहित ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। आतं ककारी र सेनाबीच कश्मीरको कुपवाडा जिल्लाको लंगेट इलाकामा मुठभेड भएको हो।अधिकारीहरुका अनुसार सिआरपीएफका एक इन्स्पेस्टकर, एक जवान र जम्‍मू कश्‍मीर प्रहरीका २ जवानको मृत्यु भएको छ। आतंककारी विरोधी अभियानका दौरान दुवैपक्षबाट अन्दाधुन्द गोली हानाहान भएको हो।

केहि दिन अघि पलुवामा आतंककारी पक्षबाट भएको विस्फोटमा ४६ भारतीय अर्धसैनिकको मृत्यु भएको थियो।उक्त विस्फोटपछि भारत र पाकिस्तान बीच युद्धको स्थिती सिजर्ना भएको छ। भारतले जवाफी कारबाहि गर्ने उद्धघोष गरेको थियो। उक्त घटनामा पाकि स्तानले पनि आतंककारी पक्षलाई सघाएको तथा संरक्षण गरेको भारतले पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ।पुलवामा घटनामा पाकिस्तानले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। तनाव चुलिदै जाँदा भारतले हालै भारत पाकिस्तान सीमारेखा उल्लङ्घन गरे र पाकिस्तानपट्टि हवाई आक्रमण गरेको थियो।

त्यसपछि पाकिस्तानले प्रतिकार स्वरुप वायुस्तम्भ उलंघन गरेको आरोपमा भारतका दुईवटा लडाकु विमान खसालेको थियो।उक्त विमानका चालकलाई नियन्त्रणमा लिइ शुकबार रिहा गरेको छ। पाकिस्तानी प्रधानमन्त्री खानले भारतलाई वार्ताको लागि आग्रह गर्दै पाइ लट फिर्ता गर्ने भन्दै गरेको निर्णयलाई उनको सुझवुझ तथा परिपक्वता भन्दै धेरैले अथ्र्याएका छन्।पाकिस्तानको यस्तो कदमले युद्ध चर्काउनसक्ने सम्भावना कम गरेको टिप्पणी धेरैको छ। भारतले पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको स्वागत गरेको छ।

भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू ‘निकै हर्षित’ भएको बताएका छन्। पाकिस्तानका गतिविधिहरूप्रति आफू सतर्क रहेको भारतीय सेनाले जनाएको छ।कश्मीर क्षेत्रमा तनाव बढेसँगै अहिले नियन्त्रणरेखाका दुवैपट्टि दशौँ हजार सैनिकहरू तैनाथ छन्। युद्धको त्रासले त्यस भेगका सयौँ बासिन्दाहरूले घर छाडिसकेका छन्।

कमेन्ट गर्नुहोस्
You might also like