आज गरिब, दुखीको हिरो शिशिर भण्डारीको जन्मदिन। किन लेखे, यसरी मर्न पाऊँ ? २ बजे उनको गीत आउँदै (भिडियो हेर्नुहोस)

79

काठमाडौं- चर्चित कलाकार, सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको आज जन्मदिन हो । बि.सं २०४५ चैत १ गते धादिंगको बैरेनिमा जन्मेका शिशिर आजदेखि ३० बर्षका भएका छन् । जन्मदिनको अवसरमा शिशिरले स्ट्याटस लेख्दै केहि राम्रा काम गर्दै मर्न पाए खुशी हुने बताए । आफु गरिब र दुखीका लागि जन्मेको बताउँदै उनले फेसबुकमा लेखेका छन्, मलाई जन्मदिने बुवा आमालाई उच्च सम्मान । जन्मदिनकै अवसरमा आज दिउँसो २ बजे उनले गाएको तथा अभिनय गरेको गीत हाम्रो माया जिन्दावाद युटुबमा आउँदैछ । आफ्नो तर्फबाट जन्मदिनको उपहार म्युजिक भिडियो दिन लागेका शिशिरले दर्शकहरुले आफ्नो भिडियोलाई लाईक, कमेन्ट र सेयर गरेर साथ दिने आशा व्यक्त गरे ।

सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले अघिल्लो समय चलचित्र रोल्पा रोग चलचित्रमा गीत गाएका थिए । उनले उक्त गीतमा शव्द पनि आफै कोर्दै, सँगीत पनि गरेका थिए । उनी आफैले अभिनय गरेको उक्त चलचित्र सफल नहुँदा गीत पनि छायाँमा पर्यो । अब शिशिर आफ्नो नयाँ नचाउने गीत लिएर आउँदैछन् । शिशिरकै आवाज रहेको उक्त गीतको शिर्षक छ, हाम्रो माया जिन्दावाद । शिशिरकै शव्द रहेको गीतमा राजनीति र माया मिश्रण गरी शव्द कोरिएको छ । उनकै अभिनय रहेको गीत शिशिरकै जन्मदिनको अवसर पारेर चैत्र १ गते दिउँसो २ बजे युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट रिलिज हुनेछ । गीतमा तीन जोडी जुम्ल्याहारुको अभिनय रहेको छ । प्रिज्मा र प्रिन्सीले पनि जुम्ल्याहा दाजु भाई नै व्वायफ्रेण्ड पाएका छन् । त्यस्तै अर्का जुम्ल्याहा दिदी बहिनी दिपा दमन्ता श्रेष्ठको पनि गीतमा अभिनय छ ।

शिशिरसँगै टिक टकबाट भाईरल भएका दुई जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । ४ लाख भन्दा माथिको खर्चमा बनेको भिडियोबाट शिशिरले धेरै आशा बोकेका छन् । गीतको सुटिँग रिपोर्ट हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like