बर्षा राउतलाई बच्चा नपाउने भए किन बिहे गरेको त भने पछी बर्षा राउत र आचल शर्मा झन्डै बेहोस [भिडियो हेर्नुहोस ]

50

सेफको पहिरन। टाउकोमा पहिरिएको पहेंलो रंगको टोपी दाल (रहरको), सेतो रंगको सर्ट भात र हरियो रंगको तल्लो पहिरन तरकारी। दाल, भात र तरकारीलाई यसरी अथ्र्याउँदै रिलिजका लागि तयार फिल्म दाल भात तरकारीको शीर्ष गीत दाल भात तरकारी शुक्रबार रिलिज भएको छ। मह सञ्चारद्वारा निर्मित फिल्मको शीर्ष गीत राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

रमाइलो ढंगको गीतमा शम्भुजित बासकोटाको संगीत, राजेश पायल राई र स्मिता दाहालको स्वर तथा फिल्मका निर्माता तथा अभिनेतामध्येका एक हरिवशं आचार्यको शब्दरचना रहेको छ। गीतमा हरिवंश आचार्य र निरुता सिंह सेफको भेषमा देखिएका छन् भने पुष्प खड्का र आँचल शर्मा रोमान्टिक जोडीका रूपमा देखिएका छन्। विभिन्न सिजनेवल तरकारीलाई समेत कोरियोग्राफको एक अंग बनाउँदै आकर्षक तुल्याइएको गीतमा कोरियोग्राफी प्रवीन सिंहले गरेका छन्। आगामी वैशाख २० गते देशभर प्रदर्शनमा आउन लागेको फिल्म यसका प्रस्तुतकर्ता तथा अभिनेता किरण केसीका पुत्र सुदन केसीको डेब्यु निर्देशनमा बनेको हो। भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like