बिदेश गएर धनकमाउन कतार हानिएका कार्कीको चैत ३ गते मृत्यु बए पनि अझै लाश नेपाल आईपुगेन, घरपरिवारको बिचल्ली

9

रबिन्द्र बराल/मोरङको रतुवामाई नगरपालिका १० स्थित लक्ष्मीचोक नजिकै बिगत ३५ बर्ष अगाडि देखि बसाेवास गर्दे अाईरहेका ५५ वर्षीया शारदा कार्की काे २३ बर्षका जेठाे छाेरा भूपाल कार्की र कान्छाे छाेरा टिकाराम कार्की समेत बिगत दुई बर्ष देखि दुवैमा राेजगारी का लागि गएका छन । चैत्र ३ गते अाईतबार भुपाल काे कतारमा मृत्यु भएको खवर अाएकाे थियोे । नेपाल मा राेजगारी नभए पछि पछिल्लो समयमा नेपाली युवा हरु ठुलो सपना बाेकेर बिदेशी भुमिमा अाफ्नाे पसिना बगाउन पछि पर्देन घरपरिवार काे खुशी का लागि बिदेश गएका युवा हरु काे मृत्यु भए पछि उनी हरुकाे समयमै लास नेपाल नअाई पुग्दा घरपरिवार हरु झनै समस्य मा पर्ने गरेका छन ।
मृत्यु भएको साता दिन बितिसक्दा समेत छाेरा काे लास घरमा नअाउदा उनकाे घरमा रुवा बासी चलिरहेको छ । भूपालकी २५ वर्षीया श्री मति दीलमाया र छाेरी ४ बर्षकि सुमिक्षा घरमै बस्दै अाईरहेका थिए । पतिको मृत्युको खबर सुनेर उनले समेत बिगत १२ दिन देखि पानी समेत नखाए पछि उनकाे अहिले हाेस समेत अाएकाे छैन चार दिन देखि बेहोस भए पछि उनलाई उपचारका लागि विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको स्थानीय निर्मल भट्टराईले बताए । भूपाल बिगत ८ बर्ष देखि नै राेजगारीकाे शिलशिलामा अाउदै जादै गर्दे थिए । उनकै कमाई बाट सानाे झुपडी बाट ठुलाे दुई तल्ले घर बनाउन सफल भए तर उक्त घरमा राम्रोसँग बस्न समेत भुपाल ले पाएनन् । उनी सानै छँदा उहाँका बुबाको क्षयरोगका कारण मृत्यु भएको थियो । परिवारको सम्पूर्ण जिम्मा भूपालकै काँधमा रहेकाे उहाँकी आमा शारदाले बताईन । घरमा लास आउँछ भनेर प्रतिक्षा गर्ने सबै आफन्तजनका आँशु सकिएका छन् ।

तर समून्द्रपारिबाट कुनै खबर आएको छैन् । सास नअाए पनि लास समेत नअाउदा उनी हरु काे परिवारलाई बज्रपात नै भएको छ । मृत्युको खबरले शोकाकुल भएको कार्की परिवार यतिबेला लास कुरेर पिडिमा बसिरहेका छन । १२ दिन भइसक्यो, लास आउँदैन् , कसैले मारेका हुन् वा आफै म¥यो,केही खबर छैन्,आफ्नो दाहिने हात छिने जस्तै भयो भन्दै उनकि अामा काे अाँसुका बलिन्द्र अासुका धार राेकिएकाे छैन । लासको प्रतिक्षा गर्नुपर्दा काज किरिया गर्न समेत समस्या भएको काका टेकबहादुर कार्कीले बताउनु भयो । ५ वर्ष अगाडि साउदी अरव बसेर फर्किए र भुपाल ले मधुमल्ला बाट मागी बिबाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
You might also like