शिवलिंगकाे कारण सलमान खानको फिल्म सूटिङमा विवाद चर्कियो, काम नै राेकियाे

83

नयाँदिल्ली : महेश्वरमा सलमान खानको फिल्म दबंग–३ को सूटिङ तेस्रो दिन पनि विवादमा फस्यो । फिल्म सेटमा विवादको विषय थियो शिवलिंग ।

शिवलिंगलाई फिल्म सेटमा राख्ने बेला शिवलिंगमाथि टेबल राखिएकोमा आपत्ति जनाउँदै यसको विरोध भएको हो । अर्थात् शिवलिंगलाई छोरिएको जस्तो देखिन्छ ।

सामाजिक संजालमा उक्त फोटो भाइरल बनाएर यसको विरोध भयो । विवादले यतिसम्मको रुप लियो कि, बलिउस्टार सलमान खानले नै यसको जवाफ दिनुपर्यो । सलमान खानले भने कि, ‘शिवलिंगमाथि कम्पनीका मान्छेहरुले शिवलिंग सुरक्षित होस् भनेरै टेबल राखेका थिए । जब कि, अहिले त त्यो टेबल हटिसकेको छ ।’

सलमानले आफूहरुको सेट उत्तर प्रदेशमा लगाउने तयारी भए पनि मुख्यमन्त्री कमलनाथले मध्यप्रदेशमा नै सूटिङ गर्दा उपयुक्त हुने सुझाव दिएपछि यहाँ सूटिङ गरिएको बताए ।

‘आफ्नो घर सम्झेर आएँ’

सलमानले आफ्नो पारिवारिक सम्बन्ध खुलाउँदै महेश्वर आफ्नै घर सम्झेर आएको पनि बताएका थिए । आफूले सामाजिक संजालमा पोस्ट नगर्ने भए पनि महेश्वरको नामका कारण लगातार फोटो भिडियो पोस्ट गरिरहेको पनि उनले बताएका छन् ।

तीन दिनको सूटिङमा तीन विवाद

फिल्मको तीन दिनको सूटिङमा तीनवटै विवाद भयो । नर्मदा किनारमा झण्डा लगाउने विषय, राजबाडामा देवी अहिल्याको पूजाद्वार बन्द गराइएको विषय र शिवलिंगको विषयमा स्थानीयले विरोध नै जनाए । अप्रिल १ देखि नियमित उक्त फिल्म सूटिङ स्थलमा अनेक विवाद सेटले झेल्दैआएको छ ।

कमेन्ट गर्नुहोस्
You might also like