बार्सिलोनाका प्रशिक्षक भन्छन् – ‘ढाँट्नै पर्दैन, बार्सिलोना मेस्सीमा निर्भर छ’

30

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बार्सिलोनाका कप्तान लिओनल मेस्सीको तारिफ गरेका छन् । मंगबार राति भिल्ला रियलविरुद्ध भएको खेलमा हारबाट जोगाएपछि भाल्भर्डेले मेस्सीको तारिफ गरेका हुन् ।

मंगलबार भएको खेलमा बार्सिलाेनाले भिया रियलसँग ४–४ गोलको बराबरीमा रोकिएको थियो । भिया रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई हारबाट जाेगाउन मेस्सीले ९० औँ मिनेट र लुइस स्वारेजले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

उक्त खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै भाल्भर्डेले मेस्सीको तारिफ गरेका हुन् । उनले आफ्नो टिम मेस्सीमाथि निर्भर रहेको पनि बताए । ‘यो कुरा ढाँट्नै पर्दैन, बार्सिलाेना धेरै कुरा मेस्सीमाथि निर्भर छन्,’ भाल्भर्डेले भने, ‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

सो खेलमा मेस्सी दोस्रो हाफमा फिलिपे कोउटिन्होको स्थानमा मैदान छिरेका थिए । बेन्चबाट आएर उनले टोलीलाई हारबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेले । सो खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै भाल्भर्डेले मेस्सीको तारिफ गरेका हुन् । यतिसम्म कि, उनले आफ्नो टिम मेस्सीमाथि धेरै हदसम्म निर्भर रहेको पनि बताए ।

भाल्भर्डेले आफूहरूसँग अन्य उत्कृष्ट खेलाडी रहे पनि मेस्सीको आवश्यकता जति नकारे पनि सम्भव नहुने बताए । ‘आजको खेलमा मेस्सी टर्निङ प्वाइन्ट हुन्, उनको फ्रि किक गोलपछि हामी बराबरीतर्फ गएका थियौं,’ भाल्भर्डेले भने, ‘मेस्सी नहुँदा धेरै कठिन हुन्छ ।’

कमेन्ट गर्नुहोस्
You might also like