कमेडीमा मात्र होइन कमाइ पनि उत्तिकै सफल छन् कपिल शर्मा, वार्षिक कमाइ कति

86

मुम्बई – बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माले कलर्स च्यानलमा प्रशारण गरेको ‘कमेडी नाइट्स विथ कपिल’ शो लोकप्रिय भयो । सन् २००७ मा ‘द ग्रेट इन्डियन लाफ्टर शो’ बाट आफ्नो करियर शुरु गरेका थिए । उनले उक्त प्रतियोगिता जितेका थिए जसबापत उनललाई १० लाख पुरस्कार दिइएको थियो ।

उनले त्यसपछि कमेडी शोहरु चलाउन थाले । उनी हरेक एपिसोडका लागि मोटो रकम लिने गर्छन् । उनीसँग भएका कार र अन्य महंगा चीजहरुबाट पनि थाहा हुन्छ कि उनी कमेडीमा मात्र होइन कमाईमा पनि उत्तिकै सफल छन् ।

उनको मुम्बईमा घर छ । साथै, रेन्ज रोवरजस्ता निकै महंगा र बिलासी कार पनि छन् । उनीसँग सन् २०१३ मा रेन्ज रोवर इवोक एसडीफोर (Range Rover Evoque SD4) थियो । त्यतिबेला उनी कमेडी सर्कसको सिरिजमा काम गर्थे ।

अहिले कपिल शर्मासँग सबैभन्दा महंगो मर्सिडिज बेन्ज र एसयूभी कार छ । जसको मूल्य ५० देखि ६० लाख मूल्य बराबरको हो । यसका साथै उनको नीजि भ्यानिटी भ्यान पनि छ । जसको मूल्य करिब ५ करोड ५० लाख रहेको छ ।

कपिल शर्मा ‘द कपिल शर्मा शो’ बाहेक स्टेज शो र केहि ब्रान्डका विज्ञापनबाट पनि कमाई गर्छन् । रिपोर्टको अनुसार उनी सोलो स्टेज प्रस्तुतीको लागि करिब ७५ लाख लिन्छन् ।

उनी आफैले ट्विट गरेर १५ करोड आम्दानी कर तिर्दै आएको बताएका छन् । अमेरिकी म्यागाजिक फोब्र्समा उनी सबैभन्दा धेरै कमाई गर्ने बलिउड स्टारको सूचीमा सन् २०१२ मा ९६ औँ स्थानमा थिए भने २०१६ मा २७ औँ स्थानमा थिए ।उनको कुल सम्पत्ति २६ मिलियन डलर रहेको छ । उनको आम्दानी ५ वर्षमा ३८० प्रतिशत बढेको छ ।

कमेन्ट गर्नुहोस्
You might also like