क्यान्सर उपचारपछि भारत फर्किए बलिउड अभिनेता इरफान खान: ट्वीटमा दिए शुभचिन्तकलाई धन्यवाद

21

बलिउड अभिनेता इरफान खान लामो समय लण्डनमा क्यान्सर रोगको उपचार गराएर भारत फर्किएका छन् ।उनी भारत फर्किएसँगै उनी फिल्म ‘हिन्दी मिडियम २’ का कारण चर्चामा रहेका छन् । यस फिल्मको छाया‌ंकन छिट्टै नै सुरु हुने चर्चा पनि भइरहेको छ । क्यान्सर रोग जस्तो गम्भीर राेग निको भएर भारत फर्किएका इरफानले ट्विटर मार्फत उनका फ्यान तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

इरफानले लेखेका छन् ‘कैयौं पटक जितको दौडमा हामी माया पाउनु कति महत्वपूर्ण कुरा हो भन्ने बिर्सिन्छौं । तर जब हामी अप्ठयारोमा पर्छौँ तब ती सबै कुरा याद आउन थाल्छन् ।

मैले मेरो जीवनको याे क्षणसम्म आइपुग्दा कैयौं छाप छोडेको छु । यसैबीच यहाँहरुको माया, साथ र हौसलाले म निको हुन सफल भए । जसका कारण म अहिले फेरि यहाँहरु माझ फर्किएको छु । तपाइँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

इरफान खान फर्किएको खबरले सामाजिक सञ्जालमा उनका फ्यानहरु निकै नै खुशी देखिएका छन् । साथै बलिउड कलाकारहरुले पनि खुशी व्यक्त गर्दै इरफानलाई स्वागत गरेका छन् ।

इरफान खानले २०१८ को मार्च महिनामा सामाजिक सञ्जालमार्फत आफूलाई न्यूरोइण्डोक्राइन ट्युमर भएको जानकारी गराएका थिए । इरफानलाई क्यान्सर रोग लागेको थाहा पाएपछि उनका फ्यानहरुले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका थिए ।

कमेन्ट गर्नुहोस्
You might also like