हावाहुरी पीडितलाई प्रदेश दुई सरकारले चारकाेठे पक्की घर बनाइदिने

15

धनुषा – बारा र पर्साका विनाशकारी हावाहुरी पीडितहरुलाई प्रदेश दुई सरकारले चारकोठे घर पक्की घर बनाइदिने भएको छ ।प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा गठित ५ सदस्यीय राहत तथा उद्धार उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । आइतबार विनाशकारी हावाहुरी आएसँगै साेमबार बिहान बसेकाे प्रदेश दुईकाे मन्त्रिपरिषद् बैठकले समिति गठन गरेकाे थियो ।

चार महिनामा निर्माण हुने पक्की घरमा तीनवटा कोठा, एउटा भान्छा काेठा र एउटा शौचा लयसमेत हुने समितिले जनाएकाे छ । सम्पूर्ण पीडित हरुलाई बनाइदिने एउटा यस्तो घर निर्माण गर्न ५ लाख रुपैयाँ लाग्ने मन्त्री यादवले बताउनु भयो । यस विषयमा मन्त्री यादवले बुधबार बसेको प्रदेशसभा बैठकमा समेत जानकारी गराउनु भएको छ।

यस्तै प्रदेश २ का प्रदेश सांसदहरुले हावाहुरी प्रभावितहरु लाई सात दिनको तलबभत्ता राहत स्वरुप प्रदान गर्ने भएको छ । आज दिउँसो बसेको प्रदेशसभा बैठकमा घटनामा मृत्यु हुनेहरुप्रति शोक प्रस्ताव पारित गरेको छ। प्रत्‍येक घरको लागत पाँच लाख रुपैयाको रहेको छ। यस्तै प्रदेश-२का प्रदेश सभा सांसदहरुले ७ दिनको तलबभत्ता हुरीपीडित हरुलाई दिने घोषणा सहित शोक प्रस्ताव पारित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
You might also like