म दोस्रो विवाह गर्दिन्,तिमीले जत्ती दुख दिए पनि, मैले तिमीलाई संतुष्ट पार्न सकिन होला मलाई माफ गर [भिडियो हेर्नुहोस ]

39

खै कहाँ बाट शुरु गरौं र कुन शब्दमा लगेर अन्त्य गरू त्यो त यो सन्सारको अमुल्य चिज समयले बताउनेछ तै पनि यो सामाजिक संजाल मार्फत तिमीलाई एउटा सानो पत्र लेखेर तिमी सामु पुर्याउने सानो यत्न गर्दै यही सामाजिक संजाललाई उत्तम माध्यम ठान्दै आफ्ना यि शब्दहरूलाई अगाडि बढाउने जमर्को गर्दै छु। जिउँदै भए पनि भित्र भित्र म कत्तिपटक मरेको छु, तिमी बुझ्दिनौ ।

बुझ्ने सामर्थ्य यदि तिमीमा भाको भए,यस्तो खबर सायदै सुन्नु पर्थेन होला । आफ्नो जीवन तिम्रै लागि साँचेर बाचिरहेको थिए । तर तिमी भने ठिक विपरीत सोच्दी रहिछौ ठिक बिपरित गर्दै हिड्ने रहेछौ । तिम्रै खुशीका लागि निरन्तर श्रम गरिरहे खाडी मुलुक कतारमा, तिमी भने मेरो श्रमको उपजलाई दुरुपयोग गरेर मेरो खिसिटिउरी गर्नमा तल्लिन भएछौ । यो चाल पाएपछी, म ज्यादै विक्षिप्त भएको थिए । मेरो मन धुजा धुजा भएर फाटेको छ । भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस्
You might also like